काठमाडौँ। गोरक्ष हाइड्रोपावर लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपिओ निष्कासनको प्रस्ताव सहित दुई आवको साधारण सभा एकै पटक आह्वान गरेको छ ।

भदौ ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आव २०७९र८० र २०८०र८१ को साधारण सभा एकै पटक आह्वान गरेको हो । सभा आगामी असोज ३ गते काठमाडौँ बत्तिस पुतलीमा रहेको होटल इम्पेरियलमा बिहान ११ बजे आयोजना हुनेछ ।

सभामा कम्पनीको अधिकृत पुँजी वृद्धि गरी १ अर्ब ५० करोड पुऱ्याउने, कम्पनीको तत्काल जारी पुँजी वृद्धि गरी १ अर्ब ३० करोड पुर्‍याउने, कम्पनीको प्रबन्ध पत्रको नियम ६ बमोजिम जारी पुँजीको १० प्रतिशतका दरले हुन आउने सेयर आयोजना प्रभावित स्थानीय बासिन्दालाई र १५ प्रतिशतले हुन आउने सेयर संस्थाका कर्मचारी, श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरू, सामूहिक लगानी कोष र सर्वसाधारणहरूलाई प्राथमिक सेयर निष्कासन९आइपिओ० मार्फत जारी गर्ने विशेष प्रस्तावहरू पारित हुने कम्पनीले जनाएको छ ।

यस्तै आव २०७९/०८० र आव २०८०/०८१ को सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने कार्य प्रगति प्रतिवेदन पारित गर्ने, यी दुवै आवको वार्षिक लेखा परीक्षण प्रतिवेदन, अनुसूची सहितको वित्तीय विवरणहरू अनुमोदन गर्ने र आर्थिक वर्ष २०८१/०८२ को लागि लेखा परीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।