काठमाडौँ । आइतबारका दिन १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आज गिरावट आएको छ ।  नेपाली बजारमा आज सुनको मूल्य १ सय रुपैयाँले घटेको हो।

अघिल्लो दिन प्रतितोला १ हजार रुपैयाँले बढेको सुनको मूल्य आज १ रुपैयाँले घटेर छापावाला सुनको मूल्य  प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ ।  चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ ।