काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट दिने भएको छ ।

कम्पनीका अनुसार गत साउन मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका अर्थात् पूर्ण व्यतित भएका बीमालेखहरू भदौ ११ गतेदेखि असोज १० गतेभित्र नवीकरण गर्दा उक्त छुट पाईने कम्पनीले जनाएको छ ।

पाँच वर्षभन्दा बढी व्यतित बीमालेखमा ५० प्रतिशत र २ देखि ५ वर्षभन्दा कमका व्यतित बीमालेखमा २५ प्रतिशत ब्याज छुट दिइने सूचनामा उल्लेख गरिएको छ ।

साथै दुई वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा र पहिल्यै छुट सुविधा लिइसकेकालाई यो लागू नहुने कम्पनीले स्पष्ट पारेको छ ।