काठमाडौँ। चालु आर्थिक वर्षको साउन महिनामा गत आर्थिक वर्ष २०८०/०८१ को तुलनामा राजस्व संकलन वृद्धि भएको छ।
विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन महिनामा ३४ अर्ब ६९ करोड ७९ लाख रुपैयाँ भन्सार महसुल संकलन गरेको छ । यो गत वर्ष को तुलनामा २ अर्ब ३६ करोड रुपैयाँ बढी राजस्व संकलन भएको छ। भन्सार विभागको आयातमा कमी आउँदा पनि भन्सार महसुल संङ्कलनमा भने वृद्धि गरेको छ।
गत वर्षको सोही महिनामा ३२ अर्ब ३३ करोड ७३ लाख रुपैयाँ भन्सार महसुल संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा चालु वर्ष आयातको ग्राफ केही मात्रामा घटेको छ। गत वर्षको साउन महिनामा १ खर्ब २९ अर्ब २३ लाख रुपैयाँ बराबरको आयात हुँदा चालु वर्षको साउन महिनामा १ खर्ब २८ करोड ३७ लाख बराबरको आयात भएको छ।
पहिलो महिना १२ अर्ब २२ करोडको निर्यात भएको छ । गत वर्षको तुलनामा निर्यात ९ प्रतिशतले गिरावट आएको छ । व्यापार घाटा १ खर्ब १६ अर्ब नाघेको छ । चालु वर्षको पहिलो महिना सबैभन्दा धेरै आयात हुने वस्तुहरूमा पेट्रोल, डिजेल, ग्याँस रहेको छ ।








