काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि रोजगारी खुलाएको छ । केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै विभिन्न पदहरूमा ५२ जना कर्मचारी माग गरेको हो।

केन्द्रीय बैंकले सहायक निर्देशक, सहायक र सहायक पदमा रोजगारीको अवसर खुलाएको छ । उक्त पदहरूमा लोकसेवाले लिखित परीक्षा लिने भएका कारण परीक्षा मिति पछि सार्वजनिक हुने केन्द्रीय बैंकले जनाएको छ ।

बैंकका अनुसार उक्त पदहरूमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट प्लस टु देखि स्नातकोत्तर सम्मको शैक्षिक योग्यता हुनुपर्ने छ । इच्छुक नागरिकले बैंकको आधिकारिक वेबसाइट https://jobs.nrb.org.np/ मार्फत आवेदन दिन सक्ने छन् ।