काठमाडौँ । आज भदौ ११ गते  मङ्गलवारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.९५ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.५५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४९.५६ रुपैयाँ रहेको छ भने बिक्री दर १५०.२३ रुपैयाँ रहेको छ ।

यता अस्ट्रेलियन डलर एकको खरिद दर ९०.६८ रुपैयाँ रहेको छ भने बिक्री दर ९१.०८ रुपैयाँ रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७६.६० रुपैयाँ रहेको छ भने बिक्री दर १७७.३९ रुपैयाँ रहेको राष्ट्रबैंकले जनाएको छ ।

साथै, साउदी रियाल एकको खरिद दर ३५.७० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८६ रुपैयाँ रहेको छ राष्ट्रबैंकले जनाएको हो ।