काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले २० जना प्रहरीहरूलाई ७ दिनभित्र हाजिर हुन निर्देशन जारी गरेको छ । यसरी गैर हाजिर हुनेमा प्रहरी नायव निरीक्षक, सहायक निरीक्षक, सहायक हवल्दार र जवानदेखि कार्यालय सहयोगीसम्म रहेका छन् ।
आज भदौ ११ गते सूचना जारी गर्दै प्रहरी महानिरीक्षकको सचिवालय, कानून शाखाले हाजिर हुन निर्देशन दिएको हो । सूचनामा प्रहरी कर्मचारीहरू आफूखुसी गैर हाजिर रहेको र सम्पर्क गर्दा समेत सम्पर्कमा नआएपछि सूचना जारी गरिएको उल्लेख गरिएको छ ।
गैर हाजिर रहेका प्रहरीहरूलाई बाटोको म्याद बाहेक ७ दिनभित्र आफू गैर हाजिर हुनुको कारण सहित सन्तोषजनक स्पष्टीकरण जवाफ पेश गर्न आग्रह गरिएको छ ।









