काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले घटेको सुनको मूल्य आज सोही मूल्यमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएको छ।
आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८५० रुपैयाँमा कारोबार भईरहेको छ ।








