काठमाडौँ । कुमारी सामूहिक लगानी कोषको व्यवस्थापनमा सञ्चालित दुई वटा म्युचुअल फण्डको लाभांश घोषणा गरिएको छ।

कुमारी बैंक लिमिटेड कोष प्रवर्द्धक तथा कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी धन वृद्धि योजना र कुमारी इक्विटी फण्डको लाभांश घोषणा गरिएको हो।

भदो १० गते बसेको योजना व्यवस्थापकको सञ्चालक समिति बैठकले यी म्युचुअल फण्डका इकाईधनीहरु लाई आर्थिक २०८०र८१ का लागि लाभांश घोषणा गरेको हो ।

उक्त बैठकले कुमारी धन वृद्धि योजनाका इकाई धनीहरुका लागि ९.५० प्रतिशत र कुमारी इक्विटी फण्डका लागि पनि ९.५० प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने निर्णय गरेको छ ।