काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ
सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट र मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। सीइडीबी हाइड्रोपावरको ९ लाख २३ हजार ३५१ कित्ता र मैलुङ खोलाको ८१ हजार ७६८.२४ कित्ता बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।
यी २ कम्पनीले सेयरधनीलाई क्रमशः ११ र २.२२ प्रतिशत बोनस सेयर वितरण गरेका थिए । सोही सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।








