काठमाडौं । आज सेयर बजारमा फराकिलो अंकको गिरावट आएको छ । आज बजार १११.९६ अंकले घटेर २७८२.६० को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको आज ३३० कम्पनीको ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार रुपैयाँको कारोबार भएको छ ।
आज बजारमा गिरावट आउँदा १२ वटा उपसूचक राताम्मै भएको छ । बजारमा गिरावट आउदा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६५ करोड ४२ लाख ९ हजार रुपैया बराबरको कारोबार भएको छ ।
त्यस्तै अपी पावर कम्पनीको ५१ करोड ७५ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री गर्दै रकमको आधारमा दोस्रो स्थानमा रहेको छ । साथै, अरुण भ्याली हाइड्रोपावरको ४५ करोड ६३ लाख ५२ हजार रुपैयाँ, नेपाल फाइनान्सको ४१ करोड ५५ लाख ८९ हजार रुपैयाँ निफ्राको ३३ करोड ४६ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ ।









