काठमाडौं । यस साताको पहिलो कारोबारका दिन आईतवारदेखि नै घट्ने क्रम सुरु भएको शेयर बजारमा आज भारी अंकको गिरावट आएको छ । उक्त दिन बजार १११.९६ अंकले घटेर २७८२.६० को विन्दुमा कायम भएको छ । शेयर बजारमा आज १ सय अंकको गिरावट आएको छ।

आज नेप्सेमा कारोबार भएको आज ३३० कम्पनीको ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा १२ वटा उपसूचक राताम्मै भएको छ ।

२० कम्पनीको मूल्य बढ्दा २२३ को घट्यो भने एउटाको स्थिर रह्यो । बैंकिङ ४.९५, विकास बैंक ४.१८, फाइनान्स ४.६९, हाइड्रोपावर ३.९६, लगानी ४.१३, जीवन बीमा ३.६५, माइक्रोफाइनान्सको २.९६, निर्जीवन बीमा २.४५ प्रतिशत बढ्यो छ ।

त्यस्तै आज थ्री स्टार हाइड्रोपावर ९.८१ प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंक ९.४५ प्रतिशत, विन नेपाल लघुवित्त ६.९७ प्रतिशत, माथिल्लो मैलुङ खोला जलविद्युत ४.८५ प्रतिशत शेयरमूल्य बढेको छ ।