काठमाडौँ । नेपाल राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफर हटाएको छ। बैंकले सर्कुलर जारी गर्दै राष्ट्र काउन्टर साइक्लिकल बफर हटाएको जानकारी दिएको छ ।

यस अगाडि राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरूलाई क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार ०.५ प्रतिशत बाउन्टर साइकलिकल बफर लागाउदै आएको थियो । अब राष्ट्र बैंकले यो बफरलाई ० प्रतिशतमा सीमित गराएको हो ।

यसअघि भारतको भारतीय रिजर्भ बैंकले काउन्टर साइक्लिकल क्यापिटल बफर (सीसीवाईबी) लागू नगर्ने  निर्णय गरेको थियो । अप्रिल २३, २०२४ मा एक निर्णय गर्दै काउन्टर साईक्लिकल बफर नलगाउने निर्णय गरेसँगै नेपालमा समेत नलगाउन दबाब बढेको थियो ।

अहिले कर्जा विस्तार नभएको अवस्थामा राष्ट्र बैंकले बफर हटाएको हो । पुँजिकोस दबाबमा व्यवसाय विस्तारमा सकस भोगिरहेका वाणिज्य बैंकहरुलाई सहज हुने गरि राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफर शून्यमा झारिदिएको  एक सर्कुलर  मार्फत जानकारी दिएको छ ।