काठमाडौँ । मङ्गलवारका दिन स्थिर रहेको सुनको मूल्य आज बुधवारका दिन भने नयाँ रेकर्ड कायम गरेको छ । नेपाली बजारमा आज सुन आजसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार १ सय रुपैयाँ कायम भएको छ ।
यसअघि गत भदौ ५ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य ८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ ।








