काठमाडौँ । दैनिक रुपमा ओरालिएको नेप्सेमा आज ब्रेक लागेको छ । निरन्तर घटेको बजार आज अन्तिम खण्डमा आएर सामान्य अंकले बढेको हो ।

उक्त दिन बजार ३.८० अंकले बढेर २७८६.४० को विन्दुमा कायम भएको छ । आज नेप्सेमा कारोबार भएको आज ३२६ कम्पनीको ३ करोड ५० लाख ७ हजार ३९ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा ७ वटा उपसूचक हरियाली भएको छ ।

उक्त दिन सबैभन्दा बढी चन्द्रगिरी हिल्सको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४३ करोड ७ लाख ८६ हजार रुपैया बराबरको कारोबार भएको हो। कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल फाइनान्सको ४१ करोड ५९ लाख १८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ

त्यस्तै उक्त दिन हिमालयन रिइन्स्योरेन्सको ३८ करोड १० लाख ५७ हजार रुपैयाँ, अपी पावर कम्पनीको ३३ करोड ९७ लाख ४४ हजार रुपैयाँ अरुण भ्याली हाइड्रोपावर ३२ करोड २० लाख ५८ हजार रुपैयाँको कारोबार भएको छ।