काठमाडौं । शेयर बजार ३.८० अंकले बढेर २७८६.४० को विन्दुमा कायम भएको छ । आज नेप्सेमा कारोबार भएको आज ३२६ कम्पनीको ३ करोड ५० लाख ७ हजार ३९ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ ।
सेयर बजारमा सामान्य सुधार आउँदा उक्त दिन लिब्रेटी इनर्जी कम्पनी, हिमालयन हाइड्रोपावर, मिडसोलु हाइड्रोपावर, आत्मनिर्भर लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ ।









