काठमाडौं । मेगा क्यापिटल मार्केट्सले हितग्राही खातावालाहरुलाई वार्षिक शुल्क बुझाउन अनुरोध गरेको छ । असार मसान्तभित्र उक्त शुल्क नबुझाएको खण्डमा हितग्राही खाता फ्रिज गरिने क्यापिटलले जनाएको छ ।

क्यापिटलले आर्थिक वर्ष २०७९/०८० तथा अघिल्ला आर्थिक वर्षहरुमा आता खोलेका हितग्राही खातावालाले धितोपत्र केन्द्रिय निक्षेप सेवा विनियमावली, २०६८ मा भएको व्यवस्था अनुसार प्रत्येक आ.व.को वार्षिक शुल्क वापत १ रुपैयाँ बुझाउन बाँकी भएमा कम्पनीको मुख्य कार्यालय तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शाखा कार्यालयमा २०८० असार मसान्तभित्र बुझाउन अनुरोध गरेको हो ।

उक्त शुल्क मेरो शेयर मार्फत मोबाइल वालेट इसेवा, खल्ती, आइएमई पे, प्रभु पे तथा कनेक्ट आइपिएस मार्फत पनि भुक्तान गर्न सकिने क्यापिटलले जनाएको छ ।

मेरो शेयर सेवा प्रयोग गरिरहेका हितग्राहीले सो सेवा संचालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरिसक्नुपर्ने छ ।