काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी अर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । महानगरले आइतबार आयोजित महानगरको १३औं नगरसभामा आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट सार्वजनिक गरेको हो ।

नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट पेस गरिन् ।

जस अन्तर्गत काठमाडौं महानगरपालिकाले चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार विनियोजन गरेको छ ।

त्यस्तै पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजन गरिएको छ ।