काठमाडौँ । नेपाल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) ईश्वर पोखरेलको कार्यकाल थप भएको छ।  कम्पनीको मंगलवार बसेको बोर्डको बैठकले डेपुटी सिईओ पोखरेलको कार्यकाल थप गर्ने निर्णय गरेको हो ।

बैंक तथा वित्तीय संस्थामा २ दशकको अनुभव बोकेका डेपुटी सिईओ इश्वर पोखरेलले कम्पनीमै एक्टिङ सिईको भूमिका समेत भूमिका निर्वाह गरेको अनुभव समेत रहेको छ। कम्पनीको सञ्चालक समितिले डीसीईओ पोखरेलको कार्यकाल ४ वर्षका लागि थप गरेको हो ।

थप भएको कार्यकाल भदौ १६ गतेदेखि लागू हुनेछ । पोखरेलसँग साबिक युनाइटेड इन्स्योरेन्समा महाप्रबन्धक र नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेर ९ वर्ष काम गरेको अनुभव छ । त्यस्तै, उनले नेपाल एसबिआई बैंक, स्टाण्डर्ड चार्टर्ड बैंकमा पनि काम गरेका  थिए ।