काठमाडौँ । बुधवारका दिन सेयर बजारमा उच्च फराकिलो अंकको गिरावट आएको छ । उक्त दिन बजार ९०.७३ अंकले घटेर २७३९.४६ को विन्दुमा कायम भएको छ ।
बजारमा गिरावट आउँदा नेप्से परिसूचक सहित कारोबार रकममा समेत गिरावट आएको छ भने आज १३ वटै उपसूचकहरू राताम्य भएको छ । आज सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ३० करोड ५२ लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै एक्सेल डेभलपमेन्ट बैंकको ३० करोड १५ लाख १५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । कारोबार रकमको आधारमा यस कम्पनी दोस्रो स्थानमा रहेको छ ।
उक्त दिन हिमालयन रिइन्स्योरेन्सको २९ करोड ८० लाख ८२ हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्सको २८ करोड ३३ लाख ८७ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।