काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारीको समस्या समाधान गर्नका लागि सरकार लागिपरेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा मन्त्रीहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले उनले यस्तो बताएका हुन् ।

उनले सहकारी संस्था विरुद्धको उजुरीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको कोठा भरिन लागेको बताउँदै सरकारले सहकारी नियमनका लागि काम गरिरहेको बताए ।

उनले भने– ‘अहिले हाम्रो सीआईबीमा मात्रै पनि सहकारीको उजुरी हेर्ने हो भने त्यसैको उजुरीको चाङले कोठा भरिएको छ । अहिले सहकारीको ठुलो समस्या छ । यसबारेमा सहकारीले अर्थ मन्त्रालय, भूमि, गरिबी निवारण तथा सहकारी मन्त्रालय र सहकारीसँग सम्बन्धित अरू पक्षहरूसँग बसेर पनि छलफल गरेको छ ।’

उनले यस सम्बन्धमा समाधानका उपाय निकाल्नका निम्ति सरकारले पहल गरिरहेको बताए ।