काठमाडौं । आज आइतबार शेयर बजारमा हरियाली छाएको छ । शेयर बजार नेप्से परिसूचक आज ६२.२१ अंकले बढेको छ । शेयर बजार आज ६२.२१ अंकले बढेर २११७.७३ को विन्दुमा कायम भएको छ ।

आज १८९ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा ३२ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

आज २७५ सूचीकृत कम्पनीहरुको १४ करोड ७ लाख १ हजार २४७ कित्ता शेयर खरिदबिक्रि हुँदा ६ अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । कारोबार गर्नेको अग्रस्थानमा शिवम् सिमेन्ट रहेको छ । आज शिवम् सिमेन्ट्सको ४९ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै सोल्टि होटल, हिमालयन डिष्टिलरी, आईजीआई प्रुडेन्सियल, नेपाल लाइफ, नेपाल टेलिकम, सूर्य ज्योति लाइफ, एशियन लाइफ नागरिक लगानी कोष र हिमालयन एभरेष्टको सर्वाधिक कारोबार भएको छ ।

बीमा क्षेत्रको उपसूचक उच्च अंकले बढेको छ । जीवन बीमाको उपसूमक ७.७९ अंकले बढेको छ । भने निर्जिवन बीमाको उपसूचमक ६.०९ प्रतिशतले बढेको छ।

त्यस्तै एलआइसी, हिमालयन लाइफ, नेपाल इन्स्योरेन्स, प्रभु लाइफ, शिखर र प्रभु इन्स्योरेन्स कम्पनीको शेयर मूल्य सर्वाधिक धेरै बढ्दा सकारात्मक सर्किट लागेको छ ।

बजारमा कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् ।