काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ६ वटा प्रदेशको लागि ब्रान्च म्यानेजर माग गरेको छ ।
कम्पनीले कोशी प्रदेशको धनकुटा, सोलुखुम्बु, वसन्तपुर र बुधबारे ब्रान्च, मधेश प्रदेशको बर्दिबास र चन्द्रपुर ब्रान्च, बागमती प्रदेशको स्वयम्भू ब्रान्च, गण्डकी प्रदेशको पोखरा र गल्कोट ब्रान्च, लुम्बिनी प्रदेशको राजपुर, भैरहवा, रामपुर, सम्शेरगञ्ज, चन्द्रौटा र रोल्पा ब्रान्च र सुदूरपश्चिम प्रदेशको बैतडी, बेलौरी, दिपायल, भजनी र पुनर्वास ब्रान्चका लागि आवेदन खुलाएको हो ।
यसका लागि ब्याचलर डिग्री उत्तीर्ण गरेका, सम्बन्धित क्षेत्रमा कार्य गरेको अनुभव भएको, २३ वर्ष उमेर पूरा भई ३५ नकटेका र कम्प्युटर सम्बन्धी ज्ञान हासिल गरेको हुनुपर्ने छ ।
योग्य तथा इच्छुक व्यक्तिले आवश्यक पर्ने कागजात सहित तोकिएको माध्यमबाट दरखास्त आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।