काठमाडौँ । चालु आर्थिक वर्षको करिब २ महिनामा १६ वटा कम्पनीले आइपीओ जारी गर्ने घोषणा गरेका छन् । यी कम्पनीहरूले साधारण सेयर जारी गर्ने प्रस्ताव वार्षिक वा विशेष साधारण सभामा पेश गर्ने जनाएका छन् ।
नेपाल धितोपत्र बोर्डको पाइपलाइनमै ३५ वटा कम्पनीहरूको अनुमति कुरेर बसेको अवस्था थप कम्पनीले आइपो घोषणा गरेपछि आगामी दिन दोस्रो बजारमा धेरै वटा नयाँ थपिने भएको छ । त्यसमाथि, साधारण सभाबाट प्रस्ताव स्वीकृत गरेर प्रक्रिया अगाडि बढाएका कम्पनीहरूको सङ्ख्या पनि धेरै नै छ । यसले धेरै कम्पनीहरू बजार प्रवेश गर्न चाहेको बुझ्न सकिन्छ ।
साधारण सभामा आइपीओ प्रस्ताव पेश गर्ने कम्पनीमध्ये ८ वटा हाइड्रोपावर, ३ वटा उत्पादन तथा प्रशोधन समूह र बाँकी अन्य समूहका कम्पनी रहेका छन् । यिनीहरूको सभाले आइपीओ प्रस्ताव पारित गरेपछि थप प्रक्रिया अगाडि बढ्नेछ ।
यता, बोर्डमा भने ३५ वटा कम्पनीहरूले अनुमति पर्खिरहेका छन् । जसमध्ये सबैभन्दा धेरै हाइड्रोपावर समूहका कम्पनी रहेका छन्।
यस समूहका १७ कम्पनीले आइपीओ अनुमति पर्खिरहेका छन् । उत्पादन तथा प्रशोधन ६, अन्य समूहका ८, होटल तथा पर्यटनको ३ र लगानी समूहको १ वटा कम्पनीले आइपीओ जारी गर्न अनुमति कुरिरहेका छन् । जम्मा ३५ कम्पनीले २७ अर्ब ९३ करोड ४४ लाख रुपैयाँ बराबरको आइपीओ बिक्रीका लागि अनुमति पर्खिरहेका छन् ।