काठमाडौँ । विश्व साक्षरता दिवसको अवसर पारी महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता अनुसार विभिन्न सार्वजानिक-सामुदायिक शैक्षिक संस्थाहरुमा आवश्यक स्तरोन्नती तथा शौचालयहरु निर्माण तथा सुधार गर्न बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आवश्यक समन्वय तथा सहयोग गर्नेछ । यस बाट संयुक्त राष्ट्र संघले अख्तियार गरेको दिगो विकास लक्ष्य “ सफा पानी र सरपसफाईमा सबैको पहुँच ” हासिल गर्न सहयोग पुग्ने साथै बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाई तथा शौचालय सुविधाहरुमा पहुँच अभिवृद्धि गर्ने बैंकको निति अनुरुप प्रभावकारी रुपमा कार्यान्वयन गर्न समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् । साथै बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।