काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले कुल २४ अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल मार्फत बिक्री गर्ने भएको हो । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।

बैंकले ३ अर्ब ६१ करोड रुपैयाँको बोलकबोलमार्फत बिक्री गरिनेछ भने २० अर्ब ५० करोड २५ लाख रुपैयाँको नवीकरण गरिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले भोलि असार १२ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि मंगलबार गर्न लागेको हो । राष्ट्र बैंकले २८ दिनका लागि ४० अर्ब रुपैयाँ, ९१ दिनका लागि १० अर्ब ११ करोड २५ लाख रुपैयाँ, १८२ दिनका लागि ५ अर्बरुपैयाँ र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्नेछ। यी ट्रेजरी बिल क्रमशः साउन ९ गते, असोज ९ गते, पुस १० गते र २०८१ असार १२ गते परिपक्व हुनेछन् ।

उक्त ट्रेजरी बिलको आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ ।