काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आइपिओ बाँडफाँड भएकाे छ । कम्पनीले काठमाडौंको ठमेलस्थित छाँया सेन्टरमा रहेको होटल अलोफ्टमा बाँडफाँड सम्पन्न गरेको हो । आज भएको बाँडफाँडबाट कम्पनीको शेयर ३ लाख ६१ हजार ९८९ जनाले १० कित्ताका दरले प्राप्त गरेका छन् । त्यस्तै एक भाग्यशाली लगानीकर्ताले थप एक कित्ता सहित ११ कित्ता शेयर प्राप्त गरेका छन् ।

कम्पनीले जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले आम सर्वसाधारणलाई ३६ लाख १९ हजार ८ सय ९१ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीको आईपिओमा माग भन्दा ३.८४ गुणा बढीको आवेदन परेको छ ।

सिडीएससीका अनुसार कम्पनीको आइपीओमा १२ लाख ८२ हजार ६ सय ३६ जना आवेदकबाट १ करोड ३९ लाख २३ हजार ३ सय कित्ताको लागि आवेदन परेको छ । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको शेयर गोलाप्रथाबाट बाँडफाँड गरेको हो ।

यसरी हेर्नुहाेस् नतिजा:

कम्पनीको आईपीओ नतिजा केहि समयपछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि बिक्रि प्रबन्धक मेगा क्यापिटलको   वेबसाइट https://megacapitalmarkets.com/  , सिडीएससीको मेरोशेयरको वेबसाइट  https://meroshare.cdsc.com.np/#/login , सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट  https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।