काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सले पछिल्ला वर्षहरुमा निकै प्रगति गर्दै अघि बढेको छ । यस कम्पनीले सार्वजनिक गरेको वित्तीय रिपोर्टले पनि यसको पुष्टि गरेको छ । प्रिमियममा आईपीओ जारी गरेर दोस्रो बजारमा प्रवेश गरेको कम्पनीले शेयरधनीलाई बम्पर लाभांश घोषणा गर्ने कुरा लगभग पक्का नै छ ।

यसअघि घोषणा गरेको २८.४० प्रतिशत लाभांश बीमा प्राधिकरणले स्थगन गरेको छ । तर, यो लाभांश कम्पनीले पुनः घोषणा गरेर शेयरधनीलाई वितरण गर्नेछ । किनकि, बीमा प्राधिकरणले तोकेको ५ अर्ब चुक्ता पूँजी पुर्याउनलाई सिटिजनले लाभांश दिनु पर्ने हुन्छ । र, यस विषयमा प्राधिकरणले पनि सहजिकरण गर्नु पर्ने हुन्छ ।

चुक्ता पूँजी मात्र नभएर कम्पनीको व्यापारदेखि नाफा पनि बढ्ने देखिएको छ । ७ वर्ष अगाडि २ अर्ब ८१ लाख रहेको लगानी अहिले बढेर १९ अर्ब ७ करोड ९८ लाख पुगेको छ ।

बीमा कोषको आकार पनि २६ करोड ९७ लाखबाट बढेर १४ अर्ब ४४ करोड पुगेको छ । बीमा शुल्क संकलन पनि ३६ करोडबाट बढेर ५ अर्ब ८४ करोड पुगेको रिपोर्टमा उल्लेख छ । नाफा पनि १० करोडबाट बढेर ३२ करोड ४७ लाख पुगेको छ ।

कम्पनीले यस्तो प्रगति प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेलको नेतृत्वमा गरेको हो । सन् २०२२ मा उनी पुनः सीईओ नियुक्त भएका हुन् । उनको बागडोरमा चलेको यस कम्पनीले केही वर्षमै निकै प्रगति गर्दै गएपछि सञ्चालनकले उनलाई पुनः नियुक्ति दिएका हुन् ।

सोही गतिमा अगाडि बढ्ने हो भने यस कम्पनीले थप नयाँ उचाई चुम्ने निश्चित नै छ । कम्पनीको समग्र वित्तीय अवस्था निकै राम्रा छन् ।

प्रमुख वित्तीय सूचक कस्ता छन् ?

कम्पनीको चुक्ता पूँजी र रिटेन्ड अर्निङको अवस्था
सिटिजनको हालको चुक्ता पूँजी ३ अर्ब ९३ करोड ७५ लाख रहेको छ । कम्पनीले बोनस शेयर वा हकप्रद शेयर जारी गरेर पूँजी ५ अर्ब पुर्याउनु पर्ने हुन्छ । यता, रिटेन्ड अर्निङ ७ वर्ष अगाडि ९ करोड ६२ लाख थियो । अहिले बढेर ६३ करोड २४ लाख पुगेको छ । त्यसमाथि यसको शेयर प्रिमियममा १ अर्ब ५५ करोड २० लाख रुपैयाँ रहेको छ ।कम्पनीले उक्त सबै रकम लाभांश वितरणमा प्रयोग गर्न सक्छ । कम्पनीको रिटेन्ड अर्निंङ पछिल्ला हरेक वर्ष बढेको छ ।

लगानी तथा लगानीबाट हुने आम्दानी

कम्पनीले गत वर्षसम्म १९ अर्ब ७ करोड ९८ लाख रुपैयाँ बराबरको लगानी गरेको छ । ७ वर्ष अगाडि उक्त लगानी २ अर्ब ८१ लाख थियो । हालको लगानी सो समयको तुलनामा १० गुणा जति धेरै हो । कम्पनीको लगानी पछिल्ला प्रत्यक वर्ष बढेको छ ।

यता, लगानी तथा कर्जाबाट हुने आम्दानी पनि २१ करोड २२ लाखबाट बढेर १ अर्ब ५९ करोड ६३ लाख पुगेको छ । लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा नै कम्पनीको नाफा पनि बढेको हो ।

नाफा

सिटिजन लाइफको खुद नाफा १० करोड २५ लाखबाट बढेर ३२ करोड ४७ लाख पुगेको छ । अघिल्लो वर्ष यसले १० करोड २५ लाख नाफा कमाएको थियो । अहिले खुद नाफा ह्वातै बढेको छ । आम्दानी बढ्दा नाफा बढेको हो।

बीमा शुल्क संकल र जीवन बीमा कोष

कम्पनीको नाफासँगै बीमा शुल्क संकलन पनि बढेको छ । कम्पनीको उक्त शुल्क संकलन ५ अर्ब ८४ करोड १७ लाख पुगेको छ । अघिल्लो वर्ष ५ करोड ४८ करोड थियो ।

त्यसैगरी, जीवन बीमा कोषको आकार १४ अर्ब ४४ करोड २९ लाख पुगेको छ । कम्पनीको ७ वर्ष अगाडि उक्त कोषमा २६ करोड ९७ लाख थियो ।

 

बीमा शुल्क संकल र जीवन बीमा कोष

कम्पनीको नाफासँगै बीमा शुल्क संकलन पनि बढेको छ । कम्पनीको उक्त शुल्क संकलन ५ अर्ब ८४ करोड १७ लाख पुगेको छ । अघिल्लो वर्ष ५ करोड ४८ करोड थियो ।

त्यसैगरी, जीवन बीमा कोषको आकार १४ अर्ब ४४ करोड २९ लाख पुगेको छ । कम्पनीको ७ वर्ष अगाडि उक्त कोषमा २६ करोड ९७ लाख थियो ।