काठमाडौँ। ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ। संस्थापक शेयर धनीको स्वामित्वमा रहेको संस्थापक सेयर बैंकले आजदेखि बिक्रीमा ल्याएको हो ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी तथा संघ संस्थाहरूले खरिद आवेदन दिन सक्नेछन् । बैंकले बिक्रीमा राखेको सेयर सङ्ख्या भने खुलाएको छैन ।

उक्त शेयर खरिदका लागि इच्छुकले काठमाण्डौको कमलपोखरीमा रहेको बैंकको केन्द्रीय कार्यालयमा सेयर खरिद गर्न चाहेको सङ्ख्या खुलाएर आवेदन दिनुपर्नेछ। संस्थापक सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।