काठमाडौँ । साताको पहिलो कारोबारका दिन शेयर बजारमा गिरावट आएको छ । अघिल्लो साताको अन्तिम कारोबारका दिन सुधार आएको शेयर बजारमा आज पुनः गिरावट आएको हो ।
बजारको चलखेलको निरन्तरता र लगानीकर्ताको मनोबल कमजोर बन्दा बजार ओरालो लागेको विश्लेषकहरूको भनाई छ । यसबिच, लगानीकर्ताले बजारको वर्तमान स्थितिलाई ध्यानमा राख्दै आफ्नो लगानी रणनीति पुनरावलोकन गर्नुपर्ने देखिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५०.७३ अकंले घटेर २६३७.७९ बिन्दुमा कायम भएको छ। आज ३२४ कम्पनीको २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार रुपैयाँको शेयर कारोबार भएको हो।
आज १३ वटै उपसूचक राताम्य भएका छन् । बैंकिङ समूहको ०.९३ प्रतिशत, विकास बैंक समूहको २.५१ प्रतिशत, फाइनान्स समूहको ३.५३ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.६८ प्रतिशत गरी १३ वटै सूचक राताम्य भएका हुन् ।
बजारमा गिरावट आउँदा चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको । यस दिन २१९ कम्पनीको शेयर मूल्य ओरालो लागेको छ ।