काठमाडौँ । भदौ महिनाको अन्तिम कारोबारका दिन नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन प्रतितोला ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज थप ५ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य  प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  डलरमा मूल्यमा गिरावट आउँदा सुनको मूल्य बढ्न गएको जानकारहरूको भनाई छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।