काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले धार्मिक आस्थाको केन्द्रमा भ्रष्टाचारको विषय जोडिँदा संसार सामू नेपालीको शीर निहुरिएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बाल्दै उनले पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीमा भ्रष्टाचारको विषय जोडिएको भन्दै संसार सामू नेपालीको शीर निहुरिएको बताएका हुन् ।
उनले पशुपतिनाथ मन्दिरमा राखिएको जलहरी बारे छानबिन गर्न संसदीय समिति बनाउन पनि माग गरे । पौडेलले जलहरीमा भ्रष्टाचार भएको भन्ने आरोप गम्भीर विषय भएकाले छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने बताए ।
त्यस्तै उनले अख्तियारको अनुसन्धान प्रक्रियामा समेत प्रश्न उठाएका छन् । उनले भने ‘उजुरी परेको दुई वर्षपछि बल्ल अख्तियारले छानबिन गर्न लागेको छ । महालेखाको प्रतिवेदनमा प्रष्ट आएको विषयमा यति ढिलो छानविन किन गर्यो ?’