काठमाडौँ । बैंकिङ्ग प्रणालीको निक्षेप संकलनमा सामान्य वृद्धि आएको छ । नेपाल राष्ट्र बैंकको भदौ २७ गते बिहीबारको तथ्यांक अनुसार हाल बैंकिङ्ग प्रणालीमा ६५ खर्ब ५ अर्ब निक्षेप संकलन भएको छ।

भदौ २६ गते बुधवार बैंकिङ्ग प्रणालीमा ६५ खर्ब ४ अर्ब निक्षेप संकलन भएको थियो । बुधवार र बिहीबार बिचको अन्तरलाई तुलनामा गर्दा बैंकिङ्ग प्रणालीको निक्षेपमा एक दिनमा १ अर्बको वृद्धि आएको छ ।

उक्त समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा १ अर्बको वृद्धि देखिएको छ । बुधवार ५७ खर्ब ७६ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले बिहीबार ५७ खर्ब ७७ अर्ब निक्षेप संकलन गरेका छन् ।

सो समयमा बेंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा पनि १ अर्बको वृद्धि देखिएको छ। बुधवारसम्म ५२ खर्ब १२ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले बिहीबार ५२ खर्ब १३ अर्ब कर्जा प्रवाह गरेका छन् ।

यस्तै, त्यस अवधिमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जामा प्रवाह पनि बढेको छ । बुधवारसम्म ४६ खर्ब १२ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले बिहीबार ४६ खर्ब १४ अर्ब प्रवाह गरेका छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ । साथै,राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.७८ प्रतिशत कायम भएको तथ्याकमा उल्लेख छ ।