काठमाडौं । आज साेमबार शेयर बजार नेप्से दोहोरो अंकले बढेकाे छ । आज शेयर बजार नेप्से परिसूचक ११.६९ अंकले बृद्धि भएकाे छ । आज नेप्से परिसूचक ११.६९ अंकले बृद्धि हुँदा २१२९.४२ को विन्दुमा कायम भएको छ ।

आज  १२३ कम्पनीको शेयर बृद्धि भएको छ भने ९८ कम्पनीको शेयर मूल्य घटेको छ ।

२२९ सूचीकृत कम्पनीको आज १ करोड १९ लाख ३ हजार ६८७ कित्ता शेयर खरिदबिक्रि हुँदा आज कुल ५ अर्ब ३१ करोड २४ लाख २२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । हिजाे (आइतबार) ६ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ४२ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बराबरको शेयर कारोबार भएको छ । आज सोल्टि होटल लिमिटेडले २७ करोड २६ लाख ९६ हजार रुपैयाँको शेयर कारोबार गरेको छ । त्यस्तै हिमालयन डिष्टिलरी लिमिटेडको २२ करोड ३७ लाख ९९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज चार कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । आज हिमालयन लाइफ, बिपिडब्लु लघुवित्त, सिटी होटल, सिभिल लघुवित्तको शेयरमा सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सुपरमादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको शेयरमूल्य ६.९४ प्रतिशतले सर्वाधिक घटेर ४४० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, विन नेपाल लघुवित्त, मोलुङ हाइड्रोपावर, कालिन्चोक दर्शन लिमिटेड, ग्रिनलाइफ हाइड्रोपावर लगायत कम्पनीहरुकाे शेयरमूल्य घटेको छ ।