काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रेषण (रेमिट्यान्स) रकम स्वदेश पठाउँदा सजग भई औपचारिक माध्यमबाट मात्र पठाउनु पर्ने बताएको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एउटा सूचना जारी गर्दै दुःखले आर्जेको रकम योजनाबद्ध रुपले बचत गर्नुपर्ने भन्दै रेमिट्यान्स रकम स्वदेश पठाउँदा सजग भई औपचारिक माध्यमबाट मात्र पठाउन सचेत गराएको हाे ।

‘आफूले दुःखले आर्जेको रकम योजनाबद्ध रुपले बचत गर्ने गर्नुपर्दछ’, सूचनामा भनिएको छ।

राष्ट्र बैंकले रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थामा रेमिट्यान्स बचत तथा मुद्दति खातामा जम्मा गरेमा कम्तीमा १ प्रतिशत थप ब्याज प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स रकमलाई औपचारिक माध्यमबाट स्वदेश भित्र्याउन र बचत गर्ने बानीलाई प्रोत्साहन गरी पुँजी निर्माणको कार्यलाई प्रभावकारी बनाउन वैदेशिक रोजगारीमा रहेका नेपालीको बैंकिङ प्रणालीबाट प्राप्त हुने रेमिट्यान्स रकममा सो व्यवस्था गरिएको हो ।

No description available.