काठमाडौँ । सुनको मूल्य आज २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेको छ । चाँदीको मूल्य आज प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।