काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी नतिरेका तथा ग्रामीण दूरसञ्चार विकास कोष रकम दाखिला नगर्ने ६१ इन्टरनेट सेवा प्रदायक कम्पनीको सूची सार्वजनिक गरेको छ।
आज (मंगलबार) कम्पनीले एक सूचना जारी गर्दै रोयल्टी नतिरेका कम्पनीहरूको नाम सार्वजनिक गरेको हो । प्राधिकरणले अनुमतिपत्र प्राप्त सेवा प्रदायक कम्पनीहरूले रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष बापतको रकम गत पौष मसान्तभित्र बुझाउन यसअघि नै पत्राचार गरेको थियो ।
गत आर्थिक वर्ष २०७९/८० को अडिटेड वित्तीय विवरण र सो विवरणअनुसार कम्पनीहरूले कुल आम्दानीको ४ प्रतिशतले हुने रोयल्टीबापतको रकम र २ प्रतिशतले ग्रामीण दूरसञ्चार विकास कोषबापतको रकम प्राधिकरणलाई बुझाउनुपर्ने हुन्छ । तर, अटेर गरी हालसम्म पनि रकम दाखिला नगरेको प्राधिकरणले जनाएको छ ।
मन्त्रालयमा दाखिला गरेको रोयल्टी रकमको भौचर र यस प्राधिकरणको खातामा दाखिला गरेको रकमको भौचर र अडीटेड वित्तीय विवरणसहित प्राधिकरणमा अनिवार्य रूपमा दर्ता गरी जानकारी गराउन समेत सूचना मार्फत उल्लेख गरिएको छ ।
१ | बेनी कम्युनिकेशन्स प्रा. लि. | २१ | मेटा लिंक प्रा. लि. |
२ | बिग मर्स्याङ्दी नेट प्रा. लि. | २२ | मेट्रोलिंक बिजनेस ग्रुप प्रा. लि. |
३ | ब्रोडब्यान्ड सोलुशन्स प्रा. लि. | २३ | नेपाल नेट सञ्चार |
४ | सि. डाटा कम्युनिकेशन प्रा. लि. | २४ | नेपाल वायरलेस |
५ | चेरी वर्ल्ड कम्युनिकेशन प्रा. लि. | २५ | नेपालिंक कम्युनिकेशन प्रा. लि. |
६ | डिभाइन स्ट्रिम नेटवर्क प्रा. लि. | २६ | नेट म्याक्स टेक्नोलोजीज प्रा. लि. |
७ | डल्फिन नेट कम्युनिकेशन प्रा. लि. | २७ | पी.डी.एस. सर्भर नेटवर्क प्रा. लि. |
८ | ई-लिंक नेट प्रा. लि. | २८ | पाल्स नेटवर्क प्रा. लि. |
९ | एभरेस्ट लिंक प्रा. लि. | २९ | प्राइम नेटवर्क प्रा. लि. |
१० | फास्ट स्पीड लिंक नेटवर्क प्रा. लि. | ३० | रयापिड युनिक नेटवर्क प्रा. लि. |
११ | जी.आर.एस. लिंक इन्टरनेट सर्भिस प्रा. लि. | ३१ | रेग्मी मिडिया इन्क. प्रा. लि. |
१२ | गण्डकी कम्युनिकेशन प्रा. लि. | ३२ | सारथी कम्युनिकेशन्स नेटवर्क प्रा. लि. |
१३ | गोरेटो कम्युनिकेशन प्रा. लि. | ३३ | शाङ्ग्रिला इन्फर्मेटिक्स प्रा. लि. |
१४ | हक नेट प्रा. लि. | ३४ | स्मार्टलिंक टेलिकम्युनिकेशन्स प्रा. लि. |
१५ | आइ. जोन प्रा. लि. | ३५ | टेलनेट इन्टरनेट प्रा. लि. |
१६ | कालिका नेट प्रा. लि. | ३६ | अल्ट्रानेट कम्युनिकेशन प्रा. लि. |
१७ | खप्तड नेट प्रा. लि. | ३७ | युनिफाइड कम्युनिकेशन प्रा. लि. |
१८ | कृति दर्शन मिडिया प्रा. लि. | ३८ | युनाइट नेटवर्क्स प्रा. लि. |
१९ | क्षिरेश्वर नेटवर्क प्रा. लि. | ३९ | युनाइटेड टेलिकम लिमिटेड |
२० | लुप नेटवर्क्स प्रा. लि. | ४० | भर्चुअल नेटवर्क प्रा. लि. |
नियमानुसार RTDF रकम तथा रोयल्टी नबुझाएको सेवा प्रदायकहरुको विवरण | |||
१ | एयरसन इन्टरनेट प्रा. लि. | १२ | वर्ल्ड लिंक कम्युनिकेशन्स लिमिटेड |
२ | एलिशा कम्युनिकेशन लिंक प्रा. लि. | १३ | जिशान नेटवर्क प्रा. लि. |
३ | एरोनेट प्रा. लि. | १४ | ब्रोड लिंक नेटवर्क एण्ड कम्युनिकेशन लिमिटेड |
४ | कम्युनिकेशन्स एण्ड कम्युनिकेट नेपाल प्रा. लि. | १५ | क्लासिक टेक प्रा. लि. |
५ | फस्टलिंक कम्युनिकेशन्स प्रा. लि. | १६ | एभरेस्ट वायरलेस नेटवर्क प्रा. लि. |
६ | कनेक्ट नेपाल नेटवर्क्स प्रा. लि. | १७ | लाइफ नेट प्रा. लि. |
७ | मर्कन्टाइल कम्युनिकेशन्स प्रा. लि. | १८ | नियो लिंक प्रा. लि. |
८ | पोखरा इन्टरनेट प्रा. लि. | १९ | स्विफ्ट नेटवर्क्स एण्ड कम्युनिकेशन प्रा. लि. |
९ | सुबिसु केबलनेट लिमिटेड | २० | टेकमाइन्ड्स नेटवर्क प्रा. लि. |
१० | भायानेट कम्युनिकेशन्स लिमिटेड | २१ | वेब सर्फर नेपाल कम्युनिकेशन्स सिष्टम प्रा. लि. |
११ | वाइफाइ टेक नेपाल प्रा. लि. |