काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) ले प्रधानमन्त्री उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेको छ । प्रदान भएको सो सहयोगले देशभर बाढी, पहिरो र डुबानका कारण क्षती व्यहोरीरहेका नागरिकहरुको पीडामा मल्हमपट्टी गर्न थप राहात पुग्ने कम्पनीले अपेक्षा गरेको हो ।
उक्त रकम हस्तान्तरण गर्न स्वयम प्रधानमन्त्री केपी शर्मा ओली समक्ष एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० प्रणय कुमार उपस्थित भएका थिए । त्यस्तै, एआईसी नेपालका कम्पनी सचिव एवम् सूचना अधिकारी सुदर्शन गिरीको समेत उपस्थिती रहेको थियो ।
नेपाली बीमा क्षेत्रको धरोहरको रुपमा स्थापित एलआईसी नेपालले विपतको बेलामा आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै कम्पनीले बेला बेला विगतदेखि नै यस्तो सहयोग प्रदान गर्दै आएको अवस्था छ ।