काठमाडौँ । सरकारले सात वटा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपठरिषद्कको बैठकले कालिकोटको रास्कोट सहित नयाँ सात वटा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय  गरेको हो ।

रास्नकोट गरपालिका ६ कालिकोट, नरहरिनाथ गाउँपालिका २ कालिकोट, राप्तीसोनारी गाउँपालिका ४ बाँके, रम्भा गाउँपालिका ३ पाल्पा, शीतगंगा गाउँपालिका १३ अर्घाखाँची, जगरनाथपुर गाउँपालिका ५ पर्सा र महागढीमाई नगरपालिका–५ बारा गरी सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसैगरी मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापक सदस्यमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

साथै, सोही बैठकले मुलुक भित्र विभिन्
यस्तै, बैठकले राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशकबाट इन्द्रसिंह लामा र माधव तिमिल्सिनालाई अनुसन्धान निर्देशकमा पदोन्नति गरी लामाको सुदूरपश्चिम र तिमिल्सिनाको कर्णाली प्रदेशमा पदस्थापन गर्ने निर्णय समेत गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।