काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको आउदो वार्षिक साधारण सभाबाट पारित भएपश्चात कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।
कम्पनीको असार १२ गते बसेको संचालक समितिको बैठकले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
कम्पनीले जारी पूँजीको १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले सो हकप्रद शेयरबाट प्राप्त रकम कम्पनीद्वारा संचालित क्यासकेट परियोजनाको रुपमा रहेको खोरुङ्गा जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ ।