काठमाडौं । सुपरमार्केट एवं भाटभटेनीका संचालक मीनबहादुर गुरुङलाई सहकारीको अर्बौं रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । गुरुङलाई शिव शिखर सहकारीको अर्बौं रुपैयाँ अपचलन गरेको आरोप लागेको हाे ।
स्रोतका अनुसार गुरुङले सहकारीको ६ अर्ब हाराहारी रकम लिएर नतिरेकाे बताइएकाे छ ।
झन्डै १ लाख सदस्यबाट उठाएको रकम अध्यक्ष शर्मा र गुरुङ मिलेर अपलचन गरेको स्रोतले बताएकाे छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले मंगलबार शिवशिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई पक्राउ गरेकाे थियाे । त्यसपछि गुरुङलाइ पनि प्रहरीले नियन्त्रणमा लिएकाे छ ।