काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा बडादसैँका लागि घर जाने यात्रुको घुइँचो । तस्बिर : हरिराम भेटुवाल / रासस

काठमाडौं । पछिल्लो एक हप्तामा काठमाण्डौ उपत्यकाबाट १३ लाख जना मानिस बाहिरिएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार एक हप्तामा १३ लाख जना बाहिरिएका हुन् ।

अठार लाख जना मानिस दशैँ मान्न काठमाण्डौ उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाख जनाको हाराहारीमा मानिस बाहिरिएका महासङ्घको भनाई छ ।

विभिन्न ठाउँमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जोखिम मोलेर भए पनि १३ लाख जना बाहिरिएका छन् ।