काठमाडौं । सरकारले निजी अस्पताललाई स्वास्थ्य बीमा नदिने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले निजी अस्पताल र मेडिकल कलेजलाई स्वास्थ्य बीमा नदिने मनस्थितिमा सरकार पुगेको बताएका हुन् ।

बुधवार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले निजी अस्पताल र मेडिकल कलेजलाई स्वास्थ्य बीमा नदिने बताए ।

स्वास्थ्य बीमा सही ढंगबाट सञ्चालन हुन नसकेको उनले बताए । बिरामी नभएकालाई डकुमेन्ट बनाएर खर्च गराउने कुरा नियन्त्रण हुन जरुरी रहेको उनको भनाइ छ ।

निजी अस्पताल र मेडिकल कलेजलाई अब स्वास्थ्य बीमा नदिने कुरामा राज्यले धारणा बनाइसकेको बताउँदै उनले भने, ‘स्वास्थ्य बीमा नभई नहुने कार्यक्रम हो । तर सही ढंगबाट भइसकेको छैन, धेरै कुरा हामीले सुधारेर जानुपर्ने स्थिति छ ।’