काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ब्याजदर लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले विभिन्न उद्यम–व्यवसायमा कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ब्याजदर लिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले वित्तीय चेतनाका लागि जारी सूचना जारी गर्दै २०७९ साउन १८ गते जारी गरिएको निर्देशनबमोजिम ब्याजदर निर्धारण गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।

राष्ट्र बैंकले गत साउन १८ गते २ करोड रुपैयाँसम्मको खाद्यान्न उत्पादन, पशुपन्छी, मत्स्यपालन, निर्यातजन्य उद्योग, सतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग, हस्तकला तथा सीमूलक व्यवसाय एवं उद्यम–व्यवसाय (आयातसम्बन्धी व्यवसायबाहेक) सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ब्याजदर तोक्नुपर्ने व्यवस्था गरेको छ ।

कसैले यस किसिमको कर्जा लिइसकेको वा लिने तयारी भइरहेको छ भने आधार दरमा २ प्रतिशतभन्दा बढी प्रिमियम थप गरी ब्याजदर निर्धारण भएको छ ।

साथै राष्ट्र बैंकले सम्बन्धित संस्थाको वेबसाइटमा उपलब्ध गराइएको गुनासो सुन्ने अधिकारीसमक्ष गुनासो दर्ता गर्न आग्रह गरेको छ ।