काठमाडौं । दाजुभाइ र दिदीबहिनीको पवित्र पर्व मानिने तिहार नजिकिएसँगै मखमली फूल उत्पादनका लागि मुख्य क्षेत्र मानिने भक्तपुरको गुण्डुका किसानहरुलाई मखमली फुलका माला बनाउन भ्याइनभ्याई छ ।
तिहार आउन केहि दिनमात्रै बाकी रहँदा विशेषगरी गुण्डुका महिलाहरु मखमली फूल टिप्न र माला गास्नमा व्यस्त देखिन्छन्।
भक्तपुरमा २० वर्षभन्दा बढि समयदेखि मखमली फूल उत्पादन हुदै आएको छ । केहि किसानहरुले विदेशमा समेत मखमली फूलका मालाहरु निर्यात गर्ने गरेका छन् ।