काठमाडौँ । यातायात व्यवसायी तथा चालकहरुले सवारी साधनसहित काठमाडौंमा प्रदर्शन गरेका छन् । २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने लगायतका माग राख्दै बिहीबार काठमाडौँको सितापाइलामा भेला भएर ट्याक्सी, ट्रक र ट्यांकर चालकहरुले आज काठमाडौंमा प्रदर्शन गरेका हुन् ।
उनिहरुले रातो नम्बर प्लेटका सवारीले यात्रु बोक्न प्रतिवन्ध गर्नुपर्ने, अनलाइन ट्याक्सी बुकिङ बन्द गर्न गर्नुपर्ने, ट्राफिक प्रहरीको ज्याजती बन्द हुनुपर्ने लगायतका मागसहितका आन्दोलनमा उत्रिएका छन् ।
उनीहरुले कलंकी बालाजु खण्डको सडकको एक लेन ढाकिने गरी प्रदर्शन गर्दा सवारी आवागमन प्रभावित भएको छ ।
व्यवसायीहरुले ट्याक्सी, ट्रक र ट्यांकर लगायतका सवारी साधन सडकमा तेस्याईएर राखेका छन् । सरकारका नीति र निर्णय आफूहरुको बाँच्न पाउनुपर्ने हकविरुद्ध भएको भन्दै उनीहरुले नाराबाजी गरेका छन् ।