काठमाडौँ । एस.के.इनर्जी डेभलपमेन्ट र कृति भेन्चर फन्ड लिमिटेडले आइपीओ प्रस्ताव सहित वार्षिक साधारण सभा बोलाएका छन् ।
एस.के.इनर्जीले मंसिर २ गते वार्षिक साधारण सभा बोलाएको छ। सभा कम्पनीको रजिष्टर्ड कार्यालय, कोटेश्वर, काठमाडौँमा बिहान साढे ८ बजे सुरु हुनेछ।
त्यस्तै, कृति भेन्चरले मंसिर १४ गते साधारण सभा बोलाएको हो । सभा दुसित प्रिन्सेस, काठमाडौँमा अपराह्न ४ बजे सुरु हुनेछ ।
सभामा यी २ कम्पनीले आइपीओ प्रस्ताव पेश गर्नेछन् । दुवै कम्पनीको आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।