काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गरेको गठबन्धन सरकारले ६ महिनाको अवधिमा गरेकाे काम सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रचण्ड सरकारका ६ महिनाका उपल्धि सार्वजनिक गरेको हाे ।

वर्तमान सरकारले ६ महिनाको अवधिमा सम्पादन गरेका प्रमुख कार्यहरू र हासिल भएका मुख्य-मुख्य उपलब्धिहरू भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ७७ बुँदा सार्वजनिक गरेको छ । गठबन्धन सरकारले नेतृत्व गरेपछि अर्थतन्त्रलाई गतिशील बनाइएको उल्लेख गरिएको छ ।

अर्थतन्त्र सुधारका लागि सरकारले अवलम्बन गरेका नीति तथा चालेका कदमको फलस्वरूप बैंङ्क दर तथा ब्याजदरमा कमी आई वित्तीय क्षेत्र स्थायित्व र लगानीको वातावरणमा सकारात्मक सुधार आएको जनाइएको छ ।

२०७९ पुस ११ गते १६९ सांसदको समर्थनमा दाहाल प्रधानमन्त्री नियुक्त भएका थिए । पुस २८ गते २६८ जना सांसदले उनलाई विश्वासको मत दिएका थिए ।

यस अवधिमा समावेशी, संघीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण¸ अर्थतन्त्रको पुनरुत्थान र सबलीकरण¸ सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण¸ नागरिकमैत्री प्रशासनको स्थापना¸ भ्रष्टाचार नियन्त्रण र राज्यको सबै तहमा सुशासनको प्रवर्द्धन सरकारले गरिरहेको बताइएको छ।

पूर्णपाठ हेर्नुहाेस् :