काठमाडौँ । रास्वपाका उपसभापति डोल प्रसाद अर्याल (डीपी)ले ९० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने आधार रास्वपाले दिन तयार रहेको  जनाएका छन् ।

बालुवाटारमा जारी सडक प्रदर्शनकै क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपसभापति अर्यालले उक्त दाबी गरेका हुन । यसका लागि एउटा प्राधिकरण बनाउनुपर्ने उल्लेख गरेका छन्।

‘सरकारले प्राधिकरण बनाओस् त्यसमा हामीलाई पनि राखोस्‚’ उनले भने‚ ‘सबै त भन्दिन तर‚९० दिनभित्र बचत फिर्ता गर्ने आधार हामी दिन्छौँ।’ उनले पाँच लाख मुनिको बचत फिर्ता गर्ने आधार आफूहरूले गएको बजेटमै दिएको समेत स्मरण गराएका छन् ।