काठमाण्डौ । सोल्टी होटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो।
बैठकले गत आवका लागि हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र २६.८४२१०५२६ प्रतिशत नगद लाभांश गरी कुल ३६.८४२१०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आगामी पुस ४ गते साधारण सभा आयोजना गर्ने निर्णय समेत गरेको छ ।